नगरप्रमुख ढकालद्वारा घाँघर खाेला पुलको शिलान्यास, निर्माणकार्य सुरु

356
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडीको घाँघर खोलामा पक्की पुल निर्माणकार्य सुरुवात भएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आज बुधबार दिउँसो पुल निर्माणको शिलान्यास गर्नुभएसंगै निर्माणकार्य प्रारम्भ भएको हो ।

३ बर्षमा निर्माण सम्पन्न हुने समयसीमा रहेको सो पुलको ठेक्का सम्झौता भएको एक बर्ष भने वितिसकेको छ । १२५ मिटर लामो सो दुईतर्फी मोटरेबल पुलको निर्माणको ठेक्का सपना लोहनी एण्ड ब्रदर्श जेभीले पाएको हो । पुल निर्माणको लागत करीब ९ करोड रहेको जनाइएको छ ।

https://youtu.be/E1QIna-Yk7k
पुल निर्माणको शिलान्यास पश्चात स्वदेश एफ.एम.संग नगरप्रमुख ढकाल

पुल निर्माणको शिलान्यास कार्यक्रममा वडा नं. ९, ६ र ५ का वडाध्यक्षहरु क्रमशः शिवहरि सुवेदी, भरत बहादुर गुरुङ र रामबन्धु पोखरेल, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी तथा पुल निर्माणको ठेकदार पक्षका अधिकारी र प्राविधिकहरुको उपस्थिति रहेको थियो । यसअघि, सो गत फागुन १२ गते सो पुलको शिलान्यास कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले गर्ने तय भएको थियो । तर पार्टीको आन्तरिक कारण देखाउँदै प्रचण्डको माडी यात्रा स्थगन भएसंगै पुलको शिलान्यास कार्यक्रम रोकिएको थियो । ( दुर्गा अधिकारी)

SwadeshPost