माडीमा बिप्लव नेकपाद्वारा आह्वान गरिएको बन्दको अांशिक प्रभाव

145
SwadeshPost

सरकारले प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाद्वारा आह्वान गरिएको आजको बन्दको प्रभाव माडी उपत्यकामा पनि परेको छ । बन्दका कारण शैक्षिक संस्था र सार्वजनिक यातायात सञ्चालन बन्द छ भने बजार पसलहरु आंशिक रुपमा मात्रै खुलेका छन् । माडीका भित्री गाउँहरुमा भने नीजि सवारी साधनहरु निर्वाध चलिरहेको र पसलहरु खुला नै रहेको देखिन्छ ।

बन्दको दिन माडी उपत्यकाभर कुनै खालको अप्रीय घटना हुन नदिन सुरक्षाकर्मीहरुको दौडधूप बढेको छ । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्तामाथि गोली प्रहार गरिएको भन्दै त्यसको बिरोध स्वरुप आज नेपाल बन्दको आह्वान गरेका होे ।

SwadeshPost