माडीको बैराठ र रतनी गाउँ जोड्ने पुलको शिलान्यास, निर्माण कार्य सुरू

371
SwadeshPost

हुलाकी मार्गसंगै माडीका भित्री गाउँहरुमा पनि पक्की पुल निर्माणको क्रम अगाडि बढेको छ । आज माडी नगरपालिका वडा नं. ३ स्थित बैराठ गाउँ र रतनी गाउँ जोड्ने पुल निर्माणको शिलान्यास गरिएको छ ।

माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले बैराठ पुलको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा नगर उपप्रमुखसंगै माडी ३ का वडाध्यक्ष पुरन महतो र स्थानीयबासीहरुको सहभागिता रहेको थियो । करीब ८० लाख रुपैंया लागत रहेको सो सिंगल ट्रयाक पुल ३० मिटर लामो र ४ मिटर चौडा रहने जनाइएको छ । जारी आर्थिक बर्षमा सो पुल निर्माणका लागि करीब ३५ लाख रुपैंया विनियोजित रहेकाले सो रकमबाट पुल फाउण्डेशनको काम पुरा हुने र आगामी आ.व.मा पुल निर्माण सम्पन्न हुने वडाध्यक्ष महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

पुल निर्माणको ठेक्का पाठक कन्स्ट्रक्सन बसन्तपुरले पाएको छ । आज शिलान्यास भएसंगै पुल निर्माणको काम तीब्रताका साथ अगाडि बढाउने ठेकदार पक्षले जनाएको छ ।

SwadeshPost