माडीमा अफसेट छापाखानाको सेवा सुरु, छपाइमा भरतपुरको निर्भरता हट्यो

480
SwadeshPost

माडीमा अफसेट छापाखानाको सेवा औपचारिक रुपमा सुरुवात भएको छ । माडीको बसन्तपुरस्थित मालपोत कार्यालय अगाडी माडी अफसेट प्रेस छापाखानाको नाउँबाट छपाई केन्द्र सञ्चालनमा आएको हो ।

अफसेट प्रणालीबाट पत्रपत्रिका र अन्य छपाईजन्य कामहरुका लागि माडी फ्लेक्ससंगको सहकार्यमा सो छापाखाना सञ्चालनमा ल्याइएको अफसेटका सञ्चालक रामप्रसाद चौधरीले जानकारी दिनुभयो । यसअघि करीब ७ बर्षअघि समीर अफसेट प्रेसको नाउँबाट माडीको बसन्तपुरमा छापाखाना सुरुवात भएकोमा विद्युत सेवाको अभावमा बिस्थापित हुनुपरेको थियो । तर अहिले विजुलीको सुबिधा भएको र माडीमा बजार विकास समेत भएको सन्दर्भमा छापाखानाको सेवाले निरन्तरता पाउनसक्ने सञ्चालनक महतोको विश्वास छ ।

अफसेटका अलावा माडीमा ३ वटा स्क्रीन प्रिन्टिङ सेन्टर, दर्जनौं कम्प्युटर डिजाइन तथा डेस्कटप सेवा केन्द्र र एकवटा फ्लेक्स प्रिन्ट सेवा सञ्चालनमा रहेका छन् ।

SwadeshPost