अयोध्यापुरी मध्यवर्ती साकोसको अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन

411
SwadeshPost

अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन हुनुभएको छ । त्यसैगरी सहकारीको उपाध्यक्षमा कृष्ण बहादुर रानाभाट, सचिवमा, घनश्याम दवाडी, कोषाध्यक्षमा तिलु पुरी र सहसचिवमा विनोद सुवेदी चयन हुनुभएको छ ।

सहकारीको आज सम्पन्न निर्वाचन कार्यक्रमबाट सदस्यहरुमा श्याम दुरा, गीतादेवी दवाडी गौतम, शिवलाल आचार्य, शान्तिदेवी अधिकारी, तिलक बहादुर गायक, हिमा देवकोटा, कुल प्रसाद आचार्य र सचिना खाँड चयन हुनुभएको छ । त्यसैगरी सहकारीको लेखा संयोजकमा मुक्तिराम न्यौपाने र लेखा सदस्यहरुमा पार्वती काफ्ले र एकनारायण पौडेल चयन हुनुभएको छ । साविक अयोध्यापुरी गाविसका अधिकांश टोलहरुको प्रतिनिधित्व हुनेगरी तथा ३३ प्रतिशत महिला रहनेगरी नयाँ कार्यसमिति चयन भएको माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

सीता खड्का, जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाखर गौतम र माडी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद आचार्य सदस्य रहनुभएको निर्वाचन समितिले सहकारीको नयाँ कार्यसमिति गठन गरेको हो । गत पौष ३० गते सहकारीको १२ औं बार्षिक साधारणसभा भइरहँदा तात्कालीन अध्यक्ष पूर्णभद्र पनेरुसंगै पदाधिकारीहरुले राजिनामाको घोषणा गर्नुभएकाले नयाँ निर्वाचन प्रक्रिया सञ्चालन भएको हो । साधारणसभा सञ्चालन भइरहँदा लेखापरीक्षणको वासलात लगायतका विषयमा बिवाद उत्पन्न भएकाले अध्यक्षसहित पदाधिकारीरुले राजिनामा दिएका थिए ।

SwadeshPost