महिला मुर्तीकार पार्वती वि.क.द्वारा बसन्तपुरमा मुर्तीकला केन्द्र स्थापना

517
SwadeshPost

महिला मुर्तीकारका रुपमा पहिचान बनाउनुभएकी माडी खरकट्टानिवासी पार्वती वि.क.ले बसन्तपुर बजारमा कला केन्द्र स्थापना गर्नुभएको छ । बसन्तपुरस्थित कृषि संकलन केन्द्रको भवनमा रहेको सटरमा कलाकार बि.क.ले मुर्ती निर्माण थलोका रुपमा कला केन्द्र स्थापना गर्नुभएको हो ।

करीब १२ बर्षको उमेरदेखि माटोका मुर्तीहरु बनाउँदै आउनुभएकी मुर्तीकार पार्वती बि.क.ले सिर्जना गर्नुभएका मुर्तीहरु हाल देशका विभिन्न मन्दिर र गाउँशहरहरुसम्म पुगिसकेका छन् । तीन इञ्चको एउटा फलामे काँटीको भरमा माटोका मुर्तीहरु निर्माण गरिरहनुभएकी बि.क.ले विभिन्न देवीदेवता, जनावर र मानिसहरुको मुर्ती तयार गरि आफ्नो कला देखाइसक्नुभएको छ । स्वदेश एफ.एम.बाट आफ्नोबारे समाचार प्रसारण र प्रकाशन भएसंगै मुर्ती निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट अर्डर आउने क्रम बढेकाले घरबाट गर्दै आएको कामलाई व्यवस्थित र बिस्तारित गर्न बसन्तपुर बजारमा मुर्तीकला केन्द्र स्थापना गरेको उहाँले जनाउनुभयो ।

SwadeshPost