मितेरी जैविक सेनेटरी प्याडलाई माडी नगरपालिकाले प्रवर्द्धन गर्ने

375
SwadeshPost

माडीका सक्रिय महिलाहरुको संस्थाका रुपमा रहेको न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम) र राधा पौडेल फाउण्डेशनको सहकार्यमा उत्पादित मितेरी जैविक प्याडलाई माडी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको छ ।

मितेरी जैविक सेनेटरी प्याड उत्पादन केन्द्रले माडी नगरपालिकालाई १०० थान नमुना प्याड उपलब्ध गराएकोमा माडी नगरपालिकाले सोमेश्वर माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । न्यासमका अध्यक्ष साबित्री भण्डारी तथा मितेरी जैविक सेनेटरी प्याड उत्पादन केन्द्रका मोती कँडेल लगायतका प्रतिनिधीहरुले बरुवामा एक कार्यक्रमबिच माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाललाई प्याड हस्तान्तरण गर्नुभएकोमा नगरप्रमुखले विद्यालयका प्रधानाध्यापक माधव सुवेदीलाई प्याड उपलब्ध गराउनुभएको हो ।

कपास, सल्लाको बोक्रा लगायतको कच्चा पदार्थबाट उत्पादन हुने मितेरी जैविक प्याड वातावरणमैत्री र गुणस्तरीय रहेको र त्यसमा कुनै साइड इफेक्ट नरहेको उत्पादक पक्षको भनाई छ । हाल नेपाली बजारमा पाइने सेनेटरी प्याड गल्नका लागि दुई सय देखि एक हजार वर्ष लाग्ने तर मितेरी प्याड भने एक सय ८० दिन अर्थात ६ महिनाभित्र कुहिने न्यासमका अध्यक्ष भण्डारीले जनाउनुभयो ।

SwadeshPost