जनजीवन मा.वि.को स्वर्ण जयन्तीका सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन

171
SwadeshPost

जनजीवन माध्यमिक विद्यालयको स्वर्ण जयन्तीकाे सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन गरिएको छ । विद्यालयमा सम्पन्न एक कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद पौडेलले संयुक्त रुपमा स्मारिको विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोभाखर गौतम, अयोध्यापुरी मध्यवर्ती सहकारी र उपभोक्ता समितिका अध्यक्ष मथुरा भण्डारी, वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, माडी नगर दलित समन्वय समितिका अध्यक्ष डिल बहादुर गायक, कृष्ण बहादुर रानाभाट, चक्रपाणी भट्टराई, विपिन पाठक लगायतको उपस्थिति रहेको जनजीवन माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

SwadeshPost