१७ औं होलीकप फुटबलको उपाधी आयोजक गौरीशंकर युवा क्लबलाइ

314
SwadeshPost

१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधी आयोजक गौरीशंकर युवा क्लब ए ले उचालेको छ । आज दिउँसो सम्पन्न फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै गौरीशंकर युवा क्लब, गौरीनगरले उपाधी चुमेको हो । निर्धारित समयमा ०-० को बराबरी भएसंगै खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गौरीशंकरले ६-५ को गोलअन्तरसहित उपाधी जितेको हो ।

प्रतियोगिता अन्तरगत सर्बाधिक ५ गोल गर्न सफल गौरीशंकर ए का राजीव रानामगरलाई सर्बाधिक गोलकर्ताको पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी बसन्तपुर युनाइटेड ए का जमीरदिन मियाँलाई सर्बोत्कृष्ट खेलाडी, गौरीशंकरका सुजन कुमाललाई बेष्ट गोलरक्षक, गौरीशंकरकै रोशन डालामगरलाई बेष्ट मिडफिल्डर र सागर ढकाललाई बेष्ट डिफेन्स, बसन्तपुर युनाइटेडका रितेश क्षेत्रीलाई बेस्ट स्ट्राइकर पुरस्कार प्रदान गरिएको छ भने अनुशासित टीमका रुपमा माडी नगरपालिका ४ बी लाई सम्मानित गरिएको छ ।

प्रतियोगिताको उपाधी जितेको गौरीशंकर युवा क्लबले नगद ५० हजार ५५ तथा उपविजेता बसन्तपुर युनाइटेड क्लबले नगद २५ हजार २५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टोली तथा विधागत पुरस्कार विजेता खेलाडीहरुलाई प्रमुख अतिथिका रुपमा माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । आयोजक क्लबका अध्यक्ष मन बहादुर आचार्यको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा माडी नगरपालिका वडा नं. ७ वडाध्यक्ष बालकृष्ण सापकोटा विशिष्ट अतिथि रहनुभएको थियो ।

SwadeshPost