मृगौलापीडित पूर्व सैनिकलाई भूतपूर्व सैनिक संगठनको आर्थिक सहयोग

363
SwadeshPost

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठन माडी इकाई समितिले मृगौलापीडित पूर्व सैनिक मनोज चौधरीलाई आर्थिक सहयोग गरेको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठनका सदस्य रहनुभएका मृगौला पीडित चौधरीलाई नगर रु १९ हजार ७ सय २० रुपैंया आर्थिक सहयोगस्वरुप प्रदान गरिएको हो । संगठनका माडी इकाई अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यता रहेको थियो । दुबै मृगौला बिग्रिएर पीडित रहनुभएका चौधरीको केहि महिना अगाडी उपचार भएको थियो ।

SwadeshPost