माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै

401
SwadeshPost

मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर गाउँबासीहरुले सूर्योदय कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सामुहिक खेती गर्न लागेको स्थानीयबासी तथा अभियन्ता शिवजी गायकले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

सामुहिक खेतीका लागि ईन्द्र बहादुर पौडेलको अध्यक्षतामा कृषि सहकारी दर्ता गरिएको हो । सहकारीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः सहदेव कुमार सुनार, सिद्धीलाल गायक र साबित्री रेग्मी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रेम बहादुर गायक, छविलाल गायक, कृष्ण बहादुर के.सी., डेमा कुमारी रिमाल र मीना कार्की रहनुभएको छ । सामुहिक खेतीका लागि स्थापना गरिएको सो कृषि सहकारीमा कान्तिपुर गाउँबासीहरु सेयर सदस्य रहेका छन् । जमीनको क्षेत्रफलका आधारमा किसानहरुले सहकारीमार्फत अन्न र नगद पाउने व्यवस्था रहने सो सामुहिक खेतीका लागि कान्तिपुर गाउँसंगै रहेको करीब १०० बिगाहा जमीन उपयोगमा ल्याइने अभियन्ता गायकको भनाई छ ।

यसैबिच, चक्लाबन्दीमा आधारित सामुहिक खेती सञ्चालन हुन लागेको कान्तिपुर गाउँको स्थलगत अवलोकन र स्थानीयबासीहरुसंग छलफलका लागि प्रदेश नं. ३ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा लगायत प्रदेश सभाका सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेल र रामलाल महतो माडी आउन लाग्नुभएको छ । भ्रमणदलमा ३ नं. प्रदेश स्तरीय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिव, माडी नगरपालिका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो र कृषि बिज्ञहरुको समेत सहभागिता रहने आयोजक सूर्योदय कृषि सहकारी संस्थाका अध्यक्ष ईन्द्र बहादुर पौडेलले जनाउनुभयो । माडी नगरपालिका वडा नं. ८ कार्यालय र सामरी उत्थान सेवाको सहकार्यमा कान्तिपुर गाउँमा सामुहिक खेती बिषयक छलफल अन्तरसंवाद हुन लागेको हो ।

SwadeshPost