अपाङ्गता उत्थान समन्वय समितिद्वारा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण सम्पन्न

287
SwadeshPost

माडी नगर अपाङ्गता उत्थान समन्वय समितिको आयोजनामा एक दिने कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा माडी नगर क्षेत्रमा रहेका करीब ५० जना फरक क्षमतायुक्त माडीबासीहरुको सहभागिता रहेको थियो ।

माडी नगर अपाङ्गता उत्थान समन्वय समितिका अध्यक्ष यम बहादुर अधिकारीको अध्यक्षतामा माडी क्याम्पस परिसरमा सम्पन्न सो कार्यक्रममा फरक क्षमता हुनुभएका प्रदेश सभा सांसद भीमसेन खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिका रुपमा माडी नगरपालिका वडा नं. ४का वडाध्यक्ष चन्द्रदीप महतो सहभागी रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सांसद खत्रीले अपांगहरुको हीतमा कानुन निर्माणका लागि आफ्नो भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुलाई अपांगहरुको संबिधानप्रदत्त अधिकारहरुबारे माडी नगरपालिकाका कानुनी सल्लाहकार समेत रहनुभएका जगन्नाथ भण्डारीले प्रशिक्षित गर्नुभएको थियो । कानुन व्यवसायी समेत रहनुभएका भण्डारीले अपांग मैत्री कानुन बनाउन माथिल्लो तहमा अपांगहरुको पहुँच बढाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । त्यसैगरी कानुन बनाएर मात्र हुने नभई त्यसको प्रभावकारी कार्यान्वयन पनि जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

SwadeshPost