माडी उपत्यकाभर ४४६ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी

292
SwadeshPost

एस.इ.ई. परीक्षाको पहिलो दिन आज माडीमा शान्तिपूर्वक परीक्षा सञ्चालन भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षा सञ्चालन गरिएको हो ।

माडी उपत्यकाभर कुल ४४६ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी भएका छन् । त्यसमध्ये छात्रा २३४ जना र छात्र २१२ जना रहेको माडी नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ । माडीमा जनकल्याण माध्यमिक विद्यालय र माडी माध्यमिक विद्यालय गरी दुईवटा परीक्षा केन्द्र रहेका छन् । कल्याणपुरमा रहेको जनकल्याण परीक्षा केन्द्रमा १०५ छात्रा र ८३ जना छात्र गरी कुल १८८ जना परीक्षार्थी रहेका छन् । जनकल्याण माध्यमिक विद्यालय केन्द्रमा माडी मा.वि.का ५६, जनजीवन मा.वि.का ६६, कृष्णनगर मा.वि.का ४२ र पिसल्याण्ड इंगलिस स्कुलका २४ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी भएका हुन् ।

त्यसैगरी बसन्तपुरमा रहेको माडी मा.वि. परीक्षा केन्द्रमा समान १२९ जना छात्र र छात्रा गरी कुल २५८ जना परीक्षार्थीहरु रहेका छन् । त्यसमध्ये दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाका १३, सोमेश्वर मा.वि.का ११२, जनकल्याण मा.वि.का ८०, विद्याज्योति अंग्रेजी विद्यालयका २० र खैरहनी माध्यमिक विद्यालयका ३४ जना परीक्षार्थीहरुले एस.इ.ई. परीक्षामा सहभागिता जनाएका हुन् । एस.इ.ई. परीक्षा अन्तरगत भोलि दोश्रो दिन अनिवार्य नेपाली बिषयको परीक्षा सञ्चालन हुने तालिका रहेको छ ।

यसैबिच, माडी उपत्यकामा भोलि सोमवारदेखि कक्षा ८ को नगरस्तरीय परीक्षा सुरुवात हुन लागेको छ । माडीका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत कुल ७०१ जना विद्यार्थीहरु कक्षा ८ को परीक्षामा सहभागी हुन लागेका हुन् । कक्षा ८ को परीक्षा सञ्चालनका लागि सोमेश्वर मा.वि., माडी मा.वि., जनकल्याण मा.वि., जनजीवन मा.वि., कृष्णनगर मा.वि. र आधारभूत विद्यालय बाँदरझुला गरी ७ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालनको तयारीस्वरुपमा सम्पूर्ण परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका पु¥याइसकिएको र प्रश्नपत्र भने परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडीमात्र परीक्षा केन्द्रमा पु¥याइने माडी नगर शिक्षा शाखाकी कर्मचारी सरिता तिमिल्सिनाले जनाएउनुभयो ।

SwadeshPost