माडीमा बन डढेलो नियन्त्रण सम्बन्धी सेक्टरस्तरीय बैठक सम्पन्न

364
SwadeshPost

माडीको सोमेश्वर सामुदायिक बन क्षेत्रमा लागेको डढेलो निरन्तर फैलिरहेको छ । सोमेश्वर पर्वत श्रृङ्खलाको दक्षिण पश्चिमी क्षेत्रबाट सुरुवात भएको डढेलो हाल वनको मध्य तथा पूर्वी भेगसम्मै फैलिएको देख्न सकिन्छ । सोमेश्वर सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणका लागि ठोस प्रयास भने सुरुवात भइसकेको छैन । हाल तुलनात्मक रुपमा थोरै क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि तत्काल पहल नगरे ठूलो क्षती हुने संरक्षणकर्मीहरुको भनाई छ ।

यसैबिच, चितवन राष्ट्रिय निकुञ्ज बगहीँ माडी सेक्टरको आयोजनामा बन डढेलो नियन्त्रण सम्बन्धी सेक्टरस्तरीय बैठक सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा भएको सो बैठकमा बन डढेलो नियन्त्रणका विभिन्न उपायहरुका बारेमा छलफल गरिएको चितवन राष्ट्रिय निकुञ्ज बगहीँ माडी सेक्टरका प्रमुख रमेश कुमार यादवले जानकारी दिनुभयो ।

बैठकमा माडी क्षेत्रका चारवटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनिधीहरु, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनिधीहरु, वन हेरालोहरु, आर.आर.टी. सदस्यहरु तथा निकुञ्जको सुरक्षामा खटिएको बटुक दल गण, इलाका प्रहरी कार्यालय माडी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय छरछरेका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost