अस्थायी एवं करार शिक्षकहरुद्वारा संघर्ष समिति गठन, आन्दोलनको तयारी

176
SwadeshPost

माडीका अस्थायी एवं करार शिक्षकहरुले संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरेका छन् । २०७२ असोज ३ गते पछी नियुक्त भएका अस्थायी एवं करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा लैजानुपर्ने माग सहित माडीका अस्थायी एवं करार शिक्षकहरुले आउँदो २० गतेबाट आन्दोलन अगाडि बढाउने निर्णय गरेका हुन् । केन्द्रीय आन्दोलनको कार्यक्रम अन्तरगत माडीमा पनि आन्दोलनको तयारी गरिएको माडी नगरस्तरीय अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष सुर्य बहादुर अधिकारीले जनाउनुभयो ।

माडीस्तरीय संघर्ष समितिको उपाध्यक्ष अस्मिता महतो, सचिव सुर्य प्रसाद गौतम, सहसचिव ऋषिराम पोखरेल र कोषाध्यक्ष तारा पौडेल रहनुभएको छ भने सदस्यहरुमा रमाकान्त पौडेल, नन्दराम पौडेल, रमेश क्षेत्री, बुद्धि पाठक, सरिता सुवेदी र सुर्य बि.क. रहनुभएको जनाइएको छ ।

संघर्ष समितिको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको चौरमा सम्पन्न बैठकले पेशागत माग राखी केन्द्रीय तहबार्ट सुरुवात भएको आन्दोलनमा सक्रिय सहभागी हुने निर्णय गरेको हो । ६ महिना करारमा काम गरेकालाई स्थाई गर्नुपर्ने अन्तर्राष्ट्रिय श्रम सम्झौतामा नेपाल पनि पक्ष राष्ट्र भएकाले आफूहरुको माग राज्यले पुरा गर्नुपर्ने अस्थायी एवं करार शिक्षकहरुको जिकीर छ ।

SwadeshPost