माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा डढेलो

324
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका सामुदायिक वनहरुमा एक साता यता डढेलो लागेको छ । माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा अहिले डढेलो लागिरहेको हो । सोमेश्वर पर्वत श्रृङ्खलाको दक्षिण पश्चिमी क्षेत्रबाट सुरुवात भएको डढेलो हाल वनको मध्य तथा पूर्वी भेगसम्मै फैलिएको देख्न सकिन्छ ।

डढेलो नियन्त्रणमा नआउँदा लाखौँको जडिबुटीको नोक्सानी हुनुका साथै ठूलो संख्यामा साना ठूला हरिया वनस्पति डढेर नष्ट भएका छन् । डढेलोका कारण निकुञ्ज र यस आसपास क्षेत्रका सामुदायिक वनहरुमा रहेका महत्वपूर्ण जंगली वनपैदावर नष्ट हुन पुगेका छन् । डढेलोका कारण महत्वपूर्ण जंगली जनावर तथा पशुपंक्षिको वासस्थानमा समेत असर पुगेको छ ।

डढेलोबाट वनपैदावर तथा वन्जन्तुमा प्रत्यक्ष असर पुग्नुका साथै ठूलो आर्थिक क्षति हुने गरेपनि नियन्त्रका लागि सम्वन्धित निकायले ठोस कार्यक्रम ल्याएको भने छैन । राष्ट्रिय निकुञ्जको सुरक्षार्थ परिचालित वन कार्यालय, नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति र सो समिति माताहतमा रहेका सामुदायिक वन लगायत थुप्रै सरोकारवाला निकाय भएपनि डढेलो नियन्त्रणको फिल्ड कार्यक्रम सुरु भएको देखिएको छैन ।

SwadeshPost