सि.टि.ई.भि.टी.को प्रदेश नं. ३ र ४ स्तरीय योजना तर्जुमा कार्यशाला सम्पन्न

403
SwadeshPost

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टि.ई.भि.टी.)को प्रदेश नं. ३ र ४ स्तरीय योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।

मध्यपूर्वी माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, शिवद्वारमा सि.टि.ई.भि.टी. अन्तरगत प्रदेश नं. ३ र ४ भित्र सञ्चालित सम्पूर्ण आंगिक शिक्षालयहरुका प्राचार्य र लेखाप्रमुखको सहभागिता रहेको थियो । सहभागीहरुलाई आ–आफ्ना शिक्षालयको आर्थिक बर्ष २०७६/७७ को नीति कार्यक्रम तथा बजेट निर्माण गर्ने जिम्मेवारी रहेको छ । हिँजो सुरु भएको सो कार्यशाला आज मंगलबार दिउँसो सम्पन्न भएको हो ।

कार्यशालामा प्रदेश नं. ३ र ४ मा सञ्चालनमा रहेको कुल २० वटा आंगिक शिक्षालयका करीब ६० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई सि.टि.ई.भि.टी.का निर्देशक प्रमोद भक्त आचार्य र सि.टि.ई.भि.टी.का लेखा अधिकृत शिवराज श्रेष्ठले सहजिकरण गरिरहनुभएको थियो ।

SwadeshPost