एस.इ.ई. परीक्षार्थीलाई परीक्षामा सामेल नहुन पारिवारिक दवाब

418
SwadeshPost

जनकल्याण माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.) दिइरहेकी एक परीक्षार्थीलाई परीक्षामा सामेल नहुन पारिवारिक दवाब परेको सार्वजनिक भएको छ । परीक्षामा सहभागी हुनबाट एक परीक्षार्थीलाई उनकै श्रीमानले रोकेको खबर सार्वजनिक भएसंगै प्रहरी सहितको टोली उनको घरमै पुगी परीक्षा केन्द्रमा ल्याई परीक्षामा सहभागी गराएका थिए ।

केहि ढिला भएपनि उनी शनिवार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष राम बहादुर जि.सी.ले जानकारी दिनुभयो । परीक्षार्थी (नाम ठेगाना गोप्य राखिएको)ले भने शनिवार भएकाले झुक्किएर परीक्षा केन्द्र नआएको टिप्पणी गरिन ।

जनकल्याण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा माडी मा.वि.का ५६, जनजीवन मा.वि.का ६६, कृष्णनगर मा.वि.का ४२ र पिसल्याण्ड इङ्गलिस स्कुलका २४ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी छन् ।

SwadeshPost