भुमरीसहितको हावाहुरीमा परी बारा र पर्सामा कम्तीमा ३१ को दुःखद मृत्यु

290
SwadeshPost

आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी र असिनापानीमा परी बारा र पर्सामा कम्तीमा ३१ जनाको दुःखद मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । हाल बीरगंजमा मात्रै कम्तीमा ६०० जनाको उपचार भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढल्दा करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो । बारा पर्साका मुल सडक वरपरको अवस्था बाहिर आएपनि भित्री गाउँहरुमा थप जनधनको क्षती भएको हुनसक्ने जनाइएको छ । बारा पर्सा क्षेत्रमा बिहानसम्मै बिजुली अवरुद्ध छ भने आज बिहानीपखबाट सडक यातायात सुचारु भएको छ ।

घाइतेहरुको उपचारमा सेना र प्रहरीसमेत सक्रिय रहेको र आवश्यक परेको खण्डमा सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं लगिने गृह मन्त्रालयको तयारी छ । घाइतेहरुको उपचारमा रगतको अभाव हुनसक्ने भएकाले वीरगंजमा राती नै आकस्मिक रक्तदान शिविर समेत सञ्चालन भएको थियो । घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

SwadeshPost