कक्षा ८ को परीक्षा सफल बनाउन सहयोग गर्नेप्रति माडी नगरपालिका आभारी

357
SwadeshPost

कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा सफल बनाउन सहयोग गर्ने सबैप्रति माडी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । एक वक्तव्य प्रकाशित गरी माडी नगरपालिकाले कक्षा ८ को परीक्षाबाट माडीको कक्षा ८ को आधार अंक अर्थात बेञ्चमार्क तयार हुने जनाउँदै परीक्षा सफल बनाउन भूमिका खेलेका सबैप्रति आभार व्यक्त गरेको हो ।

कक्षा ८ को परीक्षा सञ्चालनमा सबैतिरबाट प्रशंसा प्राप्त गरेको जिकीर गर्दै माडी नगर शिक्षा समितिले शिक्षाक्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम निर्धारण गर्न र सिर्जनात्मक काम गर्न प्रेरणा मिलेको जनाएको छ । माडीको सान, शैक्षिक गुणस्तर अभिवृद्धि हाम्रो अभियान भन्ने नारा पुरा गर्न नगर शिक्षा समितिका तर्फबाट नगरप्रमुख ढकालले सबैमा अनुरोध पनि गर्नुभएको छ ।

SwadeshPost