नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न

149
SwadeshPost

करार, राहत र इसिडी शिक्षकहरुले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न भएको छ ।

सङ्गठन माडी नगर अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा माडी क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा माडीका नगरप्रमुख ठाकुर ढकाल तथा विशिष्ट अतिथिका रुपमा सङ्गठनका प्रदेश नं. ३ सचिवालय सदस्य पूर्ण बहादुर पुरी, चितवन जिल्ला अध्यक्ष दान बहादुर गुरुङ, नेकपा माडीका नेता नारदमणी पौडेल र माडी नगरपालिका शिक्षा शाखा प्रमुख बद्री नारायण शर्माको उपस्थिति रहेको थियो । त्यसैगरी सङ्गठनका चितवन जिल्ला उपाध्यक्ष तेजेन्द्र भुसाल, कोषाध्यक्ष डिल्लीरमण तिवारी र नेपाल शिक्षक महासंघ जिल्ला सचिव रामजी भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले शिक्षकले पेशागत हीतको आन्दोलनसंगै कक्षाकोठामा सिकाई उपलब्धीलाई बिर्सनु नहुनेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख ढकालले शिक्षाको क्षेत्रमा आवश्यक सहयोग गर्न आफू संधै तयार रहेको र माडीलाई शैक्षिक नमुना केन्द्र बनाउन लागिपरेको बताउनुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद्को तर्फबाट नगर अध्यक्ष भण्डारीले पेश गर्नुभएको प्रतिवेदन शंसोधन सहित पारित भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल शिक्षक महसंघ माडीका सहसचिव विपीन पाठकले गर्नुभएको थियो ।

SwadeshPost