माडी न.पा.द्वारा स्कुलहरुलाई कार्यालय सञ्चालन हेतू १६ लाख निकाशा

444
SwadeshPost

माडी नगरपालिकाले माडीका सामुदायिक विद्यालयहरुलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि अनुदानस्वरुप करीब १६ लाख निकाशा गरेको सार्वजनिक गरेको छ ।

विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि प्रायजसो उच्च माध्यमिक तहका विद्यालयहरुलाई रु ३० हजार, माध्यमिक तह सञ्चालित विद्यालयहरुलाई २५ हजार र प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयहरुलाई १५ हजार रुपैंया निकाशा गरिएको नगरपालिकाले सार्वजनिक गरेको छ । त्यसैगरी विद्यालय सुधार योजना निर्माणका लागि तहअनुसार १५ हजारदेखि २० हजारसम्म, माध्यमिक तह सञ्चालित विद्यालयहरुलाई इन्टरनेट खर्चबापत १२ हजार र लेखापरीक्षणका लागि तहअनुसार १० देखि १५ हजार निकाशा भएको देखिएको छ ।

विद्यालयहरुमा कार्यालय सञ्चालनको विशेष कोष वा छुट्टै बजेट नहुने भएकाले नगरपालिका अन्तरगतको शिक्षा शाखाले नै कार्यालय सञ्चालन तथा व्यवस्थापनको खर्च जुटाइदिएको हो । कार्यालय सञ्चालन पाउने सामुदायिक विद्यालयहरुको संख्या भने ३३ रहेको छ ।

SwadeshPost