कृषि संकायका प्राध्यापक ओझालाई बिद्यार्थीहरुद्वारा दुर्व्यवहार गर्दे कालोमोसो

324
SwadeshPost

रामपुर कृषि तथा वन बिज्ञान विश्व बिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई बिद्यार्थीहरुले दुर्व्यवहार गर्दे कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा सकाएको आरोप लगाउँदै विद्यार्थीहरुले प्राध्यापक ओझालाई कालोमोसो र जुत्ताको माला लगाएका हुन् । ओझाको बिरोध गर्ने बिद्यार्थीको प्राक्टिकल नम्वर कम आउने गरेको पनि बिद्यार्थीहरुको आरोप थियो ।

यसैबिच, प्राध्यापक बिष्णुराज ओझालाई कालोमोसो दलेको विरोधमा विश्वविद्यालयमा कोणसभा भएको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ चितवन र प्राध्यापक संघ रामपुर कृषि विश्वविद्यालय इकाईले घटनाको विरोधमा कोणसभा गरेका हुन् । सभामा नेविसंघका पूर्वकेन्द्रीय सदस्य परमेश्वर खनाल, प्राध्यापक संघ पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडा, पूर्वकेन्द्रीय सदस्य सरोज रेग्मीलगायतले सम्बोधन गर्दै दुव्र्यवहारको बिरोध गर्नुभएको थियो ।

SwadeshPost