माडीका बन्यजन्तु पीडितहरुलाई निकुञ्ज कार्यालयद्वारा राहत प्रदान

157
SwadeshPost

जंगली जनावरहरुले घरगोठ भत्काएर क्षती पु-याएका पूर्वी माडीका बन्यजन्तु पीडितहरुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले राहत प्रदान गरेको छ ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सेवाक्षेत्र भित्र जंगली जनावरको आक्रमणबाट घर र गोठमा क्षती पुगेका पीडितहरुलाई अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिमार्फत राहत हस्तान्तरण गरिएको हो । समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतामा समितिकै सभाहलमा सम्पन्न एक कार्यक्रममा माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोले पीडितहरुलाई रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको समेत सहभागिता रहेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुले घरगोठमा क्षती पु-याएका पीडितहरुमध्ये माडी नगरपालिका वडा नं. ८ र ९ निवासी सुर्य बहादुर सार्की, ढाकादेवी सुवेदी, हरि बहादुर सार्की, सुर्य बहादुर सार्की, सुके सार्की, गुन बहादुर परियार, कृष्णकुमारी आचार्य, हेम बहादुर कार्की र पशुपति मगर रहनुभएको छ । पीडितहरुलाई करीब ९२ हजारको चेक हस्तान्तरण गरिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost