अयोध्यापुरी मध्यवर्ती सहकारीको रणनीतिक योजना निर्माण कार्यक्रम सुरु

380
SwadeshPost

अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रणनीतिक योजना निर्माण कार्यक्रम सुरु भएको छ । अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा जारी सो कार्यक्रममा सहकारीका सञ्चालक, सल्लाहकार, पदाधिकारी तथा लेखा समितिका सदस्यहरुको सहभागिता रहेको छ ।

आज शुक्रबार सुरुवात भएको सो कार्यक्रम तीन दिनसम्म जारी रहनेछ । सहकारीका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतामा सुरुवात भएको सो उद्घाटन कार्यक्रममा माडी नगरपालिकाका सहकारी संयोजक ईश्वरी ढकालको प्रमुख आतिथ्यता तथा वडाध्यक्षहरु शिवहरि सुवेदी, कृष्णराज अधिकारी, बालकृष्ण सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

सहभागीहरुलाई नेफस्कूनका पूर्व सञ्चालक एवं बिकु बचत तथा ऋण सहकारी संस्था गैंडाकोटका पूर्व अध्यक्ष ईन्द्रराज ज्योति पौडेलले प्रशिक्षण दिइरहनुभएको हो । पौडलको सहजिकरणमा सहकारीले रणनीतिक योजना निर्माण गरी संस्थागत विकास गर्ने उद्देश्य लिएको सहकारीका अध्यक्ष भण्डारीले जनाउनुभयो ।

SwadeshPost