पाँचपाण्डव
र गोद्धक क्षेत्रमा लाग्ने रामनवमी चैतेदशैं मेलाको तयारीस्वरुप मेला मूल
आयोजक समिति र स्थानीय सरोकारवालाहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, चोरी शिकार प्रतिरोध युवा जागरण
अभियान पाँचपाण्डव, नेपाली सेनाको बटुक दल गण बनकट्टा व्यारेक र चितवन
राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधीहरु समेतको उपस्थिति मेला
व्यवस्थापनका लागि बैठक बसेको हो ।
बैठकबाट गोद्धक मेलाको
अनुगमनका लागि पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त
सापकोटा बासुको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितिका सदस्यहरुमा
बनकट्टा पोष्टका रेञ्जर जोह्न ल्होमी नुप्पा, नेपाल रेडक्रस सोसाइटी गर्दी
उपशाखाका सभापति हिराबहादुर थापा, गर्दी चुरे मध्यवर्ती सामुदायिक बन
उपभोक्ता समूहका अध्यक्ष रामचन्द्र महतो र लिबर्टी युवा क्लब ईनारबरुवाका
प्रतिनिधी विश्वनाथ महतो रहनुभएको छ ।
मेलाको औपचारिक उद्घाटन
कार्यक्रम चैत्र २८ गते हुने र सो कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी
गायक मिलन लामा, बिन्दा परियार र उमादेवी खनाल लगायतका प्रस्तुती रहने छ ।
गोद्धक मेला भर्न आउने श्रद्धालु भक्तजनहरुलाई परशुराम कुण्डसम्म सहज रुपमा
पुगी स्नान गर्ने वातावरण मिलाउन बाटो निर्माण समेत गरिएको छ । गोद्धक
मेला भर्न माडीसंगै देशका विभिन्न गाउँ र छिमेकी देश भारतबाट हजारौंको
संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।
- A
- A+
- A++
विज्ञापन १
विज्ञापन २
विज्ञापन ३