माडीमा कक्षा ८को आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतीजा प्रकाशित

292
SwadeshPost

माडी नगर क्षेत्रमा सञ्चालित कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतीजा प्रकाशित भएको छ ।

कूल ७०१ जना परीक्षार्थी रहेकोमा परीक्षामा ४ जना अनुपस्थित भई ६९७ जना परीक्षामा सामेल भएका थिए । कूल परीक्षार्थीहरु मध्ये कुल २८ जनाले ए प्लस, ५५ जनाले ए, ९० जनाले बी प्लस, १४४ जनाले बी, २३७ जनाले सी प्लस, १३१ जनाले सी र १२ जनाले डी प्सल ग्रेड हासिल गरेका छन् भने डी र ई ग्रेड कसैले पाउनु परेको छैन ।

परीक्षामा सामुदायिक विद्यालय तर्फ सोमेश्वर मा.वि. बरुवाका १२७, भैरवपुर आ.वि. भैरवपुरका १५, माडी मा.वि. बसन्तपुरका ७६, खैरहनी मा.वि. खैरहनीका ४७, दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाका ३७, ब्रह्मज्योति आ.वि.ब्रह्मपुरीका २२, जनकल्याण मा.वि. कल्याणपुरका ८०, जगन्नाथपुरी आ.वि. जगन्नाथपुरीका ४४, जनजीवन मा.वि. खरकट्टाका ५०, कृष्णनगर मा.वि. कृष्णनगरका २०, गोविन्देश्वर आ.वि. बगहीँका २० र बाँदरझुला आ.वि. बाँदरझुलाका २३ जना गरी कूल ५७६ जना परीक्षार्थीहरुको सहभागी रहेका थिए । त्यसैगरी, संस्थागत विद्यालयहरुतर्फ विद्याज्योति इ·लिस स्कूल बरुवाका २७, पिसल्याण्ड इ·लिस स्कूल बसन्तपुरका ५४ र बालविकास इ·लिस स्कूल कीर्तनपुरका ४० जना गरी कुल १२१ जना परीक्षार्थीहरुको सहभागी रहेका थिए ।

परीक्षामा हाजिर भई सहभागी भएका सबैजना उत्तीर्ण भएपनि प्रकाशित नतिजामा चित्त नबुझे बैशाख २ गतेभित्र पुनर्योगको आवेदन दिन मिल्ने व्यवस्था रहेको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिले जनाएको छ ।

SwadeshPost