नेकपा अध्यक्ष प्रचण्डसंगै संघीय शिक्षा र भाैतिक याेजना मन्त्री माडी आउँदै

323
SwadeshPost

माडी क्याम्पसको प्रथम ऐतिहासिक क्याम्पस–सभा उद्घाटनका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी आउँदै हुनुहुन्छ । प्रचण्डसंगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल र भाैतिक याेजना मन्त्री रघुविर महासेठ समेत माडी आउने कार्यक्रम रहेको छ ।

भोलि, चैत्र २७ गते बुधबार क्याम्पस परिसरमा आयोजित क्याम्पस सभामा प्रमुख अतिथिका रुपमा प्रचण्ड र विशिष्ट अतिथिका रुपमा शिक्षामन्त्री पोखरेल तथा भाैतिक याेजना मन्त्री महासेठ माडी आउन लाग्नुभएको हो । उहाँहरुसंगै नेकपाका केन्द्रीय र जिल्लास्तरका नेताकार्यकर्ताहरु समेत क्याम्पस सभाको उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ । क्याम्पस सभामार्फत माडी क्याम्पसले नयाँ व्यवस्थापन समिति गठन गर्नुका साथै महत्वपूर्ण नीतिगत निर्णयहरु लिने जनाइएको छ ।

यसैबिच, क्याम्पस सभा उद्घाटनका लागि माडी आउन लाग्नुभएका नेकपा अध्यक्ष प्रचण्डसंग नेकपा माडीका नेताकार्यकर्ताहरुले अन्तरक्रियात्मक भेट गर्ने भएका छन् । माडीको धोबाहामा निर्मित बहुउद्देश्यीय भवनमा मध्यान्ह १२ बजेबाट सो कार्यक्रम सञ्चालन हुने नेकपा माडीका अगुवा नेता नारदमणी पौडेलले जनाउनुभयो । त्यसैगरी प्रचण्डले दिवाकर स्मृति प्राविधिक शिक्षालयको भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको शिक्षालयका प्राचार्य पुष्पराज पौडेलले जानकारी दिनुभो ।

SwadeshPost