चैतेदशैं गोद्धक मेलाको उद्घाटन भोलि चैत २९ गतेका लागि सारियो

398
SwadeshPost

गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा आयोजित चैतेदशैं गोद्धक मेलाको उद्घाटन कार्यक्रम भोलि चैत २९ गतेका लागि सारिएको छ ।

आज हुने भनिएको मेला उद्घाटनको तयारी पुरा भइनसकेकाले मेलालाई एकदिन पछि, भोलिबाट सुरु हुने गरी सारिएको मेला मूल आयोजक समितिका संयोजक ईश्वरी प्रसाद ढकालले जनाउनुभयो । मेलास्थलमा मूल आयोजक समिति, विभिन्न उपसमितिहरु, राजनैतिक दल र स्थानीय सरोकारवालाहरुको बैठकले मेलाको उद्घाटन एकदिन पछि गर्ने निर्णय गरेको हो ।

यो संगै गोद्धक मेला भोलि दिउँसो १ बजेबाट सुरु हुने भएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले मेलाको उद्घाटन गर्नुहुनेछ भने उद्घाटन समारोहमा लोकदाहोरी कलाकार मिलन लामा, बिन्दस परियार लगायतको प्रस्तुती रहनेछ । मेलासंगै अन्तरमाडी भलिबल र खुला फुटसल प्रतियोगिता सञ्चालन समेत सुरुवात हुनेछ । गोद्धक मेला भर्न माडीसंगै देशका विभिन्न गाउँ र छिमेकी देश भारतबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

SwadeshPost