माडीको बसन्तपुरमा माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता – २०७६ सुरु

149
SwadeshPost

माडीको बसन्तपुरमा माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता – २०७६ सुरु भएको छ ।

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले गोल्डकप फुटबलको उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात उद्घाटन खेल हेटौंडा फुटबल एकेडेमी हेटौंडा र गौरीशंकर युवा क्लब, गौरीनगरबिच उद्घाटन खेल सञ्चालन भएको थियो । खेलमा २-१ गोलअन्तरसहित हेटौंडा फुटबल एकेडेमी विजयी भएको छ । हेटौंडाका लागि संजिब अर्याल र मनिष घलेले तथा गौरीशंकरका लागि राजीव रानामगरले गोल गर्नुभएको हो । खेलको म्यान अफ द म्याच हेटौंडाका संजिब अर्याललाई घोषित गरिएको थियो ।

प्रतियोगिता अन्तरगत बैशाख २ गते हैरान्स क्लब दमौली र भरतपुर फुटबल क्लब भरतपुरबिच दिउँसो ४ बजे खेल सञ्चालन हुने क्लबका अध्यक्ष नवीन बस्यालले जानकारी दिनुभयो । १५ गतेसम्म हुने प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर, पर्सा र तनहूँका गरी १६ वटा क्लबहरुको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन ।

SwadeshPost