माडी कल्याणपुरमा गएराती राजन दाहालको परालको टौवामा आगलागी

368
SwadeshPost

माडी नगरपालिका वडा नं. ६, कल्याणपुरमा गएराती राजन दाहालको परालको टौवामा आगलागी भएको छ । राती करीब ९ः३० मा सुरु भएको आगलागी करीब ४ घण्टा ३० मिनेटको प्रयासपश्चात आज बिहान ०२ः१० मा नियन्त्रणमा आएको थियो ।

कल्याणपुर बजारबाट हरिनगरतर्फ जाने बाटोमा रहेको दाहालको टौवामा आगो लागेको थियो । टौवामा आगो लागेलगत्तै कल्याणपुर र हरिनगरबासीहरु, ईलाका प्रहरी कार्यालय बसन्तपुर र माडी नगरपालिकाको बारुण यन्त्रको प्रयासमा नियन्त्रणमा आएको हो । आगो लागेसंगै सामुहिक रुपमा निभाउने पहल सुरु भएकाले आगलागी फैलिन पाएन । हरेक बर्ष चैतदेखि ज्येष्ठ असार महिनासम्म गर्मी बढ्ने र हावाहुरी चल्ने भएकाले आगलागीको उच्च जोखिम रहने गरेको छ ।

SwadeshPost