माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित

167
SwadeshPost

माडीको बसन्तपुरमा जारी माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित भएको छ । प्रतियोगिता अन्तरगत ठोरी स्पोर्टस् क्लब पर्सा र आयोजक बसन्तपुर युनाइटेड क्लब भिडिरहेकोमा हावाहुरी चल्न थालेसंगै मौसमी प्रतिकूलताका कारण खेल स्थगित गरिएको हो । खेल स्थगन हुनुअघि दुबै पक्षबाट १–१ गोलको बराबरीको अवस्था रहेको थियो ।

हावाहुरीका कारण धुलो उडेको र बल नियन्त्रणबाहिर गएकाले खेल स्थगन गरिएको आयोजकले जनाएको छ । हावाहुरीका कारण आयोजकले टाँगेका टेन्टमा समेत क्षती पुगेको छ ।

SwadeshPost