काठमाडौं–माडी–ठोरी चल्ने रात्रीबसहरु कसरागेटमा रोकिनुपर्दा यात्रुलाई सास्ती

723
SwadeshPost

काठमाडौंबाट माडी हुँदै ठोरीको सुवर्णपुरसम्म चल्ने रात्रीबसहरु दैनिक दुईदेखि चार घण्टासम्म कसरामा रोकिनु परेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको सुबिधाप्राप्त बाटोमा राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न नदिइने मौजुदा नियमका कारण हाल दैनिक ३ वटा बसहरु कसराचोकमा रोकिनुपरेको हो । रातको समयमा बसहरु रोकिँदा दैनिक सयौं यात्रीहरुलाई कष्ट हुने गरेको छ ।

साँझ ७ बजेदेखि ९ बजेसम्ममा काठमाडौंबाट माडी हुँदै ठोरी पुग्नेगरी बसहरु छुट्ने गरेका छन् । बिहान करीब १ बजेदेखि २ बजेभित्रमा जगतपुर आइपुग्ने गरेका छन् । तर त्यहाँबाट बाटोमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकोमा निकुञ्जभित्र प्रवेश अनुमती नहुने भएसंगै बसहरु बाटोमै रोकिने गरेका हुन् । बस रोकिएपनि जगतपुर बजार भने बन्द रहने हुँदा यात्रीहरुलाई सास्ती हुनेगरेको हो ।

माडी ठोरी खण्डको निकुञ्जस्थित सुबिधा प्राप्त बाटो बन्द रहेपनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमै पर्ने गोन्द्राङ–रत्ननगर खण्ड भने चौबिसै घण्टा खुला रहने गरेको छ । त्यसैगरी पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र देशका अन्य ठाउँमा रहेका अधिकांश निकुञ्ज एवं आरक्षहरुमा सार्वजनिक सडक यातायात बिना अवरोध चाैबिसै घण्टा खुल्ला रहने गरेका छन् ।

SwadeshPost