माडी गोल्डकप: सशस्त्र प्रहरी र रामपुर फुटबल क्लब बिजयी

208
SwadeshPost

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत शुक्रबार सम्पन्न दुई खेलहरुबाट सशस्त्र प्रहरी र रामपुर फुटबल क्लब बिजयी भएका छन् ।

आजको पहिलो खेल नारायणगढ फुटबल क्लब (एन.एफ.सी.) र सशस्त्र प्रहरी ३ नं. बाहिनीको टोलीबिच सञ्चालन भएकोमा १-० गेल अन्तरसहित सशस्त्र प्रहरीको टोली विजयी भएको छ । खेलको म्यान अफ द म्याच सशस्त्रका अमित धिमाल घोषित हुनुभयो ।

त्यसैगरी दोश्रो खेलमा रामपुर फुटबल क्लब (आर.एफ.सी.) र भैरव फुटबल क्लब भिँडेकोमा निर्धारित समयसम्म १-१ को बराबरी भएसंगै खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ५-४ गोलअन्तरसहित रामपुर विजयी भएको छ । खेलको म्यान अफ द म्याच रामपुरका विशाल सुनार घोषित हुनुभयो ।

भोलि शनिबार दिउँसो १ बजेपछि स्टार स्पोर्टस् क्लब, बरुवा र अभिषेक चर्च रजहर तथा दिउँसो ३ बजेपछि जुनियर पुलिस अफिसर कलेज र नयाँ बस्ती फुटबल क्लबबिच खेल हुने खेलतालिका रहेको छ ।

SwadeshPost