शिशुकल्याण आ.वि.स्याउलीबासको ३६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

141
SwadeshPost

शिशुकल्याण आधारभूत विद्यालय स्याउलीबासको ३६ औं बार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमनाथ पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका निवृत्त शिक्षकद्वय टिकाराम आचार्य र खडानन्द अधिकारीलाई सम्मान सहित बिदाई समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र विशिष्ट अतिथिका रुपमा माडी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा जिल्ला समन्वय समिति चितवनका सदस्य चुडामणी महतो लगायतको सहभागिता रहेको थियो ।

यसैबिच, शिशुकल्याण आधारभूत विद्यालय स्याउलीबासले पुनः कक्षा ८ सञ्चालन गर्ने भएको छ । माडी नगरपालिका शिक्षा शाखाले सो विद्यालयमा कक्षा ८ सञ्चालनको इजाजत दिइसकेको हो ।

SwadeshPost