निकुञ्जको अपराेध छिचोल्दै माडीको बाँदरझुलामा नयाँ सडक निर्माण पुरा

489
SwadeshPost

माडी नगरपालिका-९ बाँदरझुलामा ठूला सवारी साधनहरु समेत सञ्चालन हुनसक्ने क्षमताको नयाँ सडक निर्माण गरिएको छ । माडी नगरपालिका वडा नं. ९ को १५ लाख बजेट तथा नगरपालिकाका निर्माण सामग्रीहरुको प्रयोगबाट बाँदरझुलामा ८ मिटर फराकिलो ग्राभेल बाटो निर्माण गरिएको हो ।

ठोरीको चौताराबाट सुरु भएको सो सडक अमुवा खोलाको बगरबाट छुट्टीएर प्लट नं. १, २, ३, र ५ हुँदै प्लट नं. ६ जोड्नेगरी निर्माण पुरा भएको हो । गतबर्ष असारमा निर्माण सुरुवात भएको सो सडकको निर्माण पुरा नहुँदै चितवन राष्ट्रिय निकुञ्जले रोकिदिएको थियो । परिवर्तित परिस्थितिमा पुरानै बजेट परिचालन गरी सडक निर्माण सम्पन्न गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव रुपेन प्रजाले जानकारी दिनुभयो ।

हाल निर्माण पुरा भएको सो सडकमार्फत बाँदरझुलासम्म सहज रुपमा यातायात सञ्चालन हुनुका साथै निकुञ्ज र बस्तीबिच सीमांकन समेत भएको निर्माण समितिका अध्यक्ष मोहन स्याङतानको भनाई छ । नयाँ बाटोको निर्माणसंगै बाँदरझुलाबासीहरुमा खुसी छाएको छ ।

SwadeshPost