ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्र माडीले राजयोग शिविर सञ्चालन गर्ने

525
SwadeshPost

ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्र माडीले खुसीयाली जीवन एवं समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन शिविर सञ्चालन गर्ने भएको छ ।

आउँदो बैशाख १८ गतेदेखि २४ गतेसम्म गरी एक साता माडीको बसन्तपुर र बरुवा बजारमा राजयोग ध्यान शिविर सञ्चालन हुन लागेको उपसेवा केन्द्र सम्बद्ध ब्रह्मकुमारी शुभद्राले जानकारी दिनुभयो । साताभर नै बसन्तपुरमा माडी क्याम्पसको सहाहलमा बिहान ११ बजेदेखि २ बजेसम्म र बरुवा बजारमा दिउँसो २ः३० देखि ५ बजेसम्म शिविर सञ्चालन हुने जनाइएको छ । शिविरमा सहभागी हुन सेवा केन्द्रले सबैमा अनुरोध गरेको छ ।

SwadeshPost