सोमेश्वर ट्रयाक निर्माण भएसंगै सवारी साधनमै रेडहिल पार्क पुग्न सकिने

632
SwadeshPost

माडी नगरपालिका वडा नं. ४, खैरहनीस्थित रेडहिल पार्कमा सहज रुपमा गाडीमै पुग्न सकिने भएको छ । ऐतिहासिक एकता स्तम्भबाट रेडहिल पार्कसम्म सोमेश्वर ट्रयाक निर्माण गरिएकाले सहज रुपमा सवारी साधनमै रेडहिल पार्क रहेको डाँडोसम्म पुग्न सकिने भएको हो ।

माडी नगरपालिकाको ४४ लाख ७० हजार बजेट तथा स्थानीय उपभोक्ताहरुको करीब ११ लाख २२ हजार श्रमदानबाट बाटो ग्राभेल, ह्युम पाइप खरिद र कल्भर्ट निर्माण गरी सोमेश्वर ट्रयाकको नाउँमा सो बाटो निर्माण गरिएको सो निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनुभयो । गतबर्ष माघ १७ गते योजना सम्झौता भई निर्माण कार्य सुरुवात भएको सो परियोजना गत बैशाख १३ गते पुरा भएको हो ।

SwadeshPost