माडी
नगरपालिका वडा नं. ४ का युवाहरुले एस. ग्रुप एग्रो फर्म एण्ड रिसर्च
सेन्टर नामको कम्पनी स्थापना गरी व्यवसायिक कृषि परियोजना सुरुवात गरेका
छन् ।
माडीको सितलपुर चम्फाबारमा सामुहिक लगानीमा कृषि फर्म
सञ्चालन सुरुवात गरिएको सो कम्पनीका अध्यक्ष शिव बि.क.ले स्वदेश एफ.एम.लाई
जानकारी दिनुभयो । फर्ममा व्यवसायिक गाईपालन, बाख्रापालन र मत्स्यपालन तथा
हाँस, लोकल कुखुरा र टर्की लगायतका पंक्षीपालन गर्ने योजना
रहेको अध्यक्ष बि.क.को भनाई छ । फर्म सञ्चालन गर्ने युवाहरुमा बि.क.संगै
समकालीन उमेर समूहका सत्कार तिवारी, सुनिल महतो, दुर्गा बहादुर खाती,
सन्तोष बास्तोला र ईश्वरी प्रसाद लामिछाने रहनुभएको छ ।
युवाहरुले
सुरुवात ५० लाख रुपैंयाको लगानीमार्फत ३ बिगाहा क्षेत्रफलमा कृषि फर्म
सञ्चालन गर्न लागेका हुन् । आज शुक्रबार एक संक्षिप्त कार्यक्रम र
पूजाआजाबिच माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतोले फर्म
निर्माणको शिलान्यास गर्नुभयो । शिलान्यास भएसंगै कार्यालय र आवास गृह तथा
गाईको गोठ निर्माण कार्य अगाडि बढेको जनाइएको छ ।
- A
- A+
- A++
विज्ञापन १
विज्ञापन २
विज्ञापन ३