बाग्लुङ्गमा कार्यरत माडीका युवा मनोज सुनारमाथि सांघातिक हमला

397
SwadeshPost

बाग्लुङ्गमा मोटरसाइकल ग्यारेजमा कार्यरत माडीका एक युवा गम्भीर घाइते हुनेगरी सांघातिक हमलामा परेका छन् ।

माडी नगरपालिका वडा नं. ८, इन्द्रबस्ती घर भई बिगत १ वर्षदेखि बाग्लुङ्ग नगरपालिका वडा नं. ४, उपल्लोचौरमा थ्री ब्रदर अटो ग्यारेजमा काम गरिरहनुभएका २० बर्षीय मनोज सुनारलाई सोही कम्पनीमा काम गर्ने बाग्लुङ्ग नागरपालिका-४, कुडुले बस्ने बर्ष २२ का सन्दीप किसानले सुतिरहेको समयमा धारिलो हतियारले साँघातिक हमला गरेका हुन् । घाइते सुनारको चिन्ताजनक अबस्थामा पोखराथित मणिपाल अस्पतालको आई.सि.यु.मा उपचार भईरहेको छ । उहाँको टाउकोमा गहिरो चोट लाग्नुका साथै दुईवटै आँखामा समेत गम्भीर असर पुगेको अस्पताल श्रोतले जनाएको छ । उहाँलाई पहिलो शल्यक्रिया गरिएको र अझै दुईवटक शल्यक्रिया गर्न बाँकी रहेको पीडितका काका, माडी नगरपालिका वडा नं. ८, इन्द्रबस्ती निवासी मेख सुनारले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

बैशाख १७ गते घटना भएलगत्तै आक्रमणकारी सन्दीप किसान फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भनाई छ । घाइते सुनारको उपचारका लागि उहाँका बुबा मोतीराम सुनार र आमा सन्तमाया सुनार हाल अस्पतालमा रहनुभएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाको आफ्नो परिवारमा अचानक आइपरेको यस बिपत्तिमा सघाउन र फरार आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न पीडित परिवारले अनुरोध गरेको छ ।

SwadeshPost