माडीको चैनपुरस्थित दौजर खोलामा दुईतर्फी पक्की पुल निर्माण जारी

371
SwadeshPost

पश्चिमी माडीको चैनपुरस्थित दौजर खोलामा दुईतर्फी पक्की पुल निर्माण जारी रहेको छ । संसद क्षेत्र विकास कोषको ५० लाख रुपैंया लागत र स्थानीयबासीहरुको करीब १२ लाख ५० हजार श्रमदान सहभागितामा माडी नगरपालिको वडा नं. १, दौजर चोकमा सो पुल निर्माण जारी रहेको हो । पुल निर्माणका लागि श्रमदान कार्यमा सो वडाका वडाध्यक्ष कृष्ण पौडेलसहित वडाबासीहरु सक्रिय सहभागी रहेको देखिएको छ ।

गतबर्ष चैत २५ गते योजना सम्झौता भई पुलको निर्माणकार्य सुरुवात भएको हो । योजना सम्झौतामा आउँदो ज्येष्ठ १२ गतेभित्र निर्माण पुरा गर्ने समयसीमा रहेको भएपनि निर्माणकार्य पुरा हुन असार पहिलो सातासम्म लाग्नसक्ने निर्माण समितिका अध्यक्ष ब्रमन्ती प्रसाद महतोले जनाउनुभयो । हालसम्म पुलको डि.पी.सी. गर्ने काम पुरा भई माथिल्लो भागको काम सुरुवात हुन लागेको छ ।

SwadeshPost