माडीको मगोई खोलास्थित रानी दहमा डुबेर एक महिलाको मृत्यु

155
SwadeshPost

माडीको मगोई खोलास्थित रानी दहमा नुहाउन जाँदा आज दिउँसो २ः२० बजे एक महिलाको मृत्यु भएको छ । दहमा नुहाउने क्रममा माडी नगरपालिका वडा नं. ५, राधापुर निवासी अन्दाजी ४० बर्षकी सुमित्रा दराईको मृत्यु भएको हो ।

३० देखि ६० बर्षसम्मका ६ जनाको टोली मगोइ खोलाको सिरान क्षेत्रस्थित सो दहमा बनभोज गएकोमा खाना पकाई नुहाउने र पौडने गरिरहेको अवस्थामा गहिराईमा पुग्दा उहाँको डुबेर मृत्यु भएको प्रारम्भीक अनुमान गरिएको छ । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, छरछरेका प्रहरी नीरिक्षक प्रकाश पाण्डेको कमाण्डमा खटिएको बिपद् उद्धार टोली र दहमा पौडन पुगेका स्थानीय युवाहरुले मृतकलाई पानी बाहिर निकालेका थिए । शवलाई पोष्टमार्टमका लागि हाल भरतपुर पठाइएको जनाइएको छ ।

SwadeshPost