“स्वदेश खबर” सेवाकाे दाेस्राे वर्षमा

255
SwadeshPost

स्वदेश एफ.एम. ९३.२ मेगाहर्जमा स्थानीय समाचार प्रसारण सुरुवात भएको आज बिहिबार एक बर्ष पुरा भएको छ । गत २०७५ ज्येठ २ गते अर्थात २०१८ मे १६ को दिन साँझ ०६ः३० बजेबाट स्वदेश खबरको नामबाट स्थानीय समाचारको बुलेटिन प्रसारण सुरुवात भएको थियो ।

स्वदेश खबर श्रृङ्खलाको नियमित प्रसारण सुरुवात भएसंगै अनवरत रूपमा माडी क्षेत्र एवं वरवरका सत्थतथ्य सुुचना र समाचारहरुको खोजी, संकलन, सम्पादन र प्रकाशन प्रशारण जारी रहेको छ । यस अवधीमा स्वदेश खबरले माडी क्षेत्रमा समाचार प्रशारण, प्रकाशन र श्रवणको मानक तथा ड्रेण्डमै बदलाव गरिदिएको सबैले महसुस गरेका छन् । स्वदेश खबरको प्रसारणसंगै माडीका गुप्त समाचारहरुको खोजी, पुराना खबरहरुको निरन्तर उत्खनन र अपडेट, दैनिक घटनाक्रमहरुको सबिस्तार सुचना तथा शिक्षा, चेतना र अभिप्रेरणाजन्य समाचारमा नयाँ छलाङ कायम भएको सबैले महसुस गरेका छन् ।

स्वदेश खबरको पहिलो बार्षिकोत्सवको अवसरमा यसको उत्पादन र प्रसारणमा सक्रिय स्वदेशकर्मीहरुसंगै समस्त श्रोता, बिज्ञापनदाता, सुचनादाता, शुभेच्छुक र अन्य पक्षहरुमा आभार व्यक्त गर्दछौं । हाम्रो यात्रा निरन्तर जारी रहनेछ ।

SwadeshPost