माडीको शिवद्वारमा आधारभूत प्राथमिक उपचार सम्बन्धी तीनदिने तालिम सुरु

268
SwadeshPost

माडीको शिवद्वारमा आधारभूत प्राथमिक उपचार सम्बन्धी तीनदिने तालिम सुरु भएको छ । तराई भू-परिधि कार्यक्रम (ताल) र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको आयोजनामा सञ्चालित सो तालिममा माडीका समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समिति, आर.आर.टि, र प्रकोप नियन्त्रण समूहका सदस्यहरु गरी २३ जनाको सहभागिता रहेको छ ।

बन्यजनावरहरुको आकस्मिक आक्रमणको समयमा हुनसक्ने हताहती न्यूनिकरणका लागि तत्काल आवश्यक हुने आधारभूत प्राथमिक उपचार सिकाउन तालिम आयोजना गरिएको तराई भूपरिधी कार्यक्रम (ताल)का फिल्ड प्रतिनिधी युवराज घतानेले जनाउनुभयो । ३ दिनसम्म सञ्चालन हुने सो तालिमको आज उद्घाटन गरिएको हो ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा रेडक्रसकर्मीहरु बिदुर के.सी., रुद्र अधिकारी लगायत प्रशिक्षक रहनुभएको छ ।

SwadeshPost