चक्लाबन्दीमा आधारित सामुहिक खेती अन्तरगत जग्गा सम्याउने काम सुरुवात

477
SwadeshPost

चक्लाबन्दीमा आधारित सामुहिक खेती हुन लागेको माडीको कान्तिपुर गाउँमा जग्गा सम्याउने काम सुरुवात भएको छ । एकसाथ चारजटा जे.सि.बी. डोजरहरुले आज आइतबारदेखि जग्गा चक्लाबन्दीको काम सुरुवात गरेका छन् । प्रदेश सभा सदस्य रामलाल महतो, माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतो, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र नेकपा माडीका नेता नारदमणी पौडेलले जे.सि.बी. चढी जग्गा चक्लाबन्दी गराउन सुरुवात गराउनुभएको हो ।

माडीमा पहिलोपटक हुन लागेको सो सामूहिक खेतीका लागि माडी नगरपालिका–८ कान्तिपुरमा सूर्याेदय कृषि सहकारी संस्था स्थापना भई किसानको लालपुर्जा सङ्कलन र जग्गा छनौट गरिएको थियो । एकसय नब्बे बिघा जग्गामध्ये पहिलो चरणमा १०० बिघामा सामूहिक खेती हुन लागेको हो । प्रदेश नं. ३ सरकार र माडी नगरपालिको सहयोगमा सञ्चालान भइरहेको सो नमुना परियोजना अन्तरगत जमीनलाई चक्लाबन्दी गरी आवश्यक सिंचाई, मल तथा बीउ व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली उत्पादन गर्ने योजना रहेको छ ।

SwadeshPost