आ.व ७६/७७ का लागि माडी नगरपालिका वडा नं. १ को भेला सम्पन्न

92
SwadeshPost

आगामी आर्थिक बर्ष २०७६/७७ का लागि माडी नगरपालिका वडा नं. १ ले योजनाहरुको संकलनका लागि वडा भेला सम्पन्न गरेको छ ।

वडास्तरीय कार्यक्रमहरु सञ्चालनका लागि सो वडालाई १ करोड २५ लाख रुपैंयाको सिलिङ तोकिएकोमा वडाभित्रका मागहरु संकलनका लागि वडा भेला सञ्चालन भएको हो । गोद्धक परिसरमा सञ्चालित सो भेलाबाट विभिन्न योजनाहरु संकलन गरिएकोमा अब वडा समितिको बैठकले मागहरुको प्राथमिकीकरण गरी नगर कार्यपालिका बैठकमा पेश गर्ने वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जनाउनुभयो ।

यसैबिच, पश्चिमी माडीको चैनपुरस्थित दौजर खोलामा निर्माणाधीन दुईतर्फी पक्की पुलको बेस ढलान गरिएको छ । संसद क्षेत्र विकास कोषको ५० लाख रुपैंया लागत र स्थानीयबासीहरुको करीब १२ लाख ५० हजार श्रमदान सहभागितामा माडी नगरपालिको वडा नं. १, दौजर चोकमा सो पुल निर्माण जारी रहेको हो ।

SwadeshPost