माडी नगरपालिकाद्वारा सञ्चालित ७ दिने मन्टेश्वरी तालिम सम्पन्न

102
SwadeshPost

माडी नगरपालिकाद्वारा माडीका सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई दिइएको मन्टेश्वरी तालिम सकिएको छ ।

गत ज्येष्ठ २ गते सुरुवात भएको तालिम माडीका दुई विद्यालयहरु, माडी मा.वि. बसन्तपुर र जनजीवन मा.वि. खरकट्टामा सञ्चालन भएको थियो । बसन्तपुरमा सि.टि.एस. नेपाल चितवनमा शाखा प्रवन्धक जनकराज पराजुलीले ३२ जना सहभागीहरुलाई तथा खरकट्टामा मित्र अधिकारीले ३४ जना सहयोगी कार्यकर्ताहरुलाई सहजिकरण गर्नुभएको थियो ।

माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षता एवं नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबिच तालिम समापन भएको हो । कार्यक्रममा बालवालिकाको विकास एवं संरक्षणबारे तथा सहभागी शिक्षकहरुको सेवा सुबिधाहरुबारे नगरप्रमुख ढकाललाई जानकारी गराउँदै ज्ञापनपत्र समेत बुझाइएको हाम्रा सहकर्मी प्रमिला महतोले जनाउनुभयो ।

SwadeshPost