छरछरे बलात्कार प्रकरणका अभियुक्त पक्राउ

142
SwadeshPost

छरछरे बलात्कार प्रकरणका अभियुक्त पक्राउ परेका छन् । माडी नगरपालिका वडा नं. ५, छरछरे निवासी अन्दाजी ४० बर्षीय शमशेर बि.क. भारतबाट प्रक्राउ परेको वडाध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको विशेष टोलीले उनलाई हरियाणाबाट पक्राउ गरी नेपाल ल्याएको ईलाका प्रहरी कार्यालयले समेत पुष्टी गरेको छ । वडाध्यक्ष पोखरेलसंगै स्थानीयबासी एवं युवा अगुवा हरि भुसाल र ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव नीरिक्षक उमेश कोइराला तथा हवल्दार रामलाल श्रेष्ठले आज बुधबार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाउनुभएको हो ।

अभियुक्त बि.क. माडीको छरछरेमा १५ बर्षीया दलित समुदायकी बालिका बलात्कार गरी ‘फरार’ भएका थिए । अभियुक्तलाई पक्राउ गरी कारवाही गर्न स्वदेश एफ.एम.ले निरन्तर फलोअप गरेको थियो ।

SwadeshPost