शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने

157
SwadeshPost

माडीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गतबर्षझैं यस बर्षपनि शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

आउँदो ज्येष्ठ २० गते औसीका दिन शनि जयन्तीको अवसर पारी शनि जयन्ती तथा विविध साँस्कृतिक कार्यक्रम २०७६ आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकारहरुको विशेष प्रस्तुती तथा भजन कीर्तन प्रतियोगिता सञ्चालन हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि शनि मन्दिरका संरक्षक युवा पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । आज देबेन्द्रपुरमा सम्पन्न भेलाले गठन गरेको सो समितिको सचिव कृष्ण रानाभाट र कोषाध्यक्ष ज्ञानु सापकोटा रहनुभएको छ ।

त्यसैगरी समिति अन्तरगत विभिन्न उपसमितिहरु समेत गठन गरिएका छन् । संयोजक सुवेदीकै संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ भने विनोद सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, इन्द्र प्रसाद काफ्लेको संयोजकत्वमा स्वयंसेवक तथा मञ्च व्यवस्थापन उपसमिति र तोयनाथ काफ्लेको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति गठन गरिएका हुन् ।

SwadeshPost