माडीमा सञ्चालित सुशासन तथा संस्थागत विश्लेषण सम्बन्धी तालिम सकियाे

99
SwadeshPost

माडी नगरपालिकाको आयोजनामा जनप्रतिनिधी तथा कर्मचारीहरुको लागि सञ्चालित सुशासन तथा संस्थागत विश्लेषण सम्बन्धी दुई चरणको तालिम सकिएको छ ।

लगातार ८ दिनसम्म सञ्चालन भएको सो तालिमको आज शुक्रबार समापन भएको हो । माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा प्रदेश नं. ३ का साँसद रामलाल महतोको प्रमुख आतिथ्यता रहेको थियो । माडी नगरपालिका सुचना शाखाको समन्वयमा सञ्चालन भएको सो तालिमका सहभागीहरुलाई सुशासन, विकास र समृद्धिका बिषयमा चन्द्रकान्त अधिकारी र एम.बि. शर्माले तालिम दिनुभएको थियो । तालिमको सुरुवाती ४ दिन पहिलो सत्रमा नगरपालिकाका शाखा प्रमुख र कार्यपालिक सदस्यहरुलाई तथा दोश्रो सत्रमा ज्येष्ठ ७ देखि १० गतेसम्म नगरपालिकाका कर्मचारीहरुलाई तालिम दिइएको हो ।

SwadeshPost